अब जिउनेछु !
आँखा भरि तिम्रै सपना बोकी अब जिउनेछु ती छोटा मिठा मिलनका पलहरु संगाली अब रमाउनेछु छैन म उदास हाम्रो मिलन नभए त क भो मुटुभरी तिम्रै माया छ साँचेको छु खुशी यसमै कि तिम्रो मनमा पनि म नै छु सायद बिर्से दैवले हाम्रो मिलन भाग्यमा कोर्न तैपनि आँखा भरि तिम्रै सपना बोकी अब जिउनेछु .... मिलन मात्र होइन माया मान्छु म पनि टाढा रहिकन पनि हामी कति नजिक छौँ अलग अलग बाटो हिड्नु छ हामीलाई तर गन्तब्य एउ टै मा पुग्नेछौँ यथार्थता छ गारो तर जिउनु छ अझै अब केवल आँखा भरि तिम्रै सपना बोकी जिउनेछु ती छोटा मिठा मिलनका पलहरु संगाली रमाउनेछु