अब जिउनेछु !


आँखा भरि तिम्रै सपना बोकी अब जिउनेछु 
ती छोटा मिठा मिलनका पलहरु संगाली अब रमाउनेछु 

छैन म उदास हाम्रो मिलन नभए त क भो 
मुटुभरी तिम्रै माया छ साँचेको 
छु खुशी यसमै कि तिम्रो मनमा पनि म नै छु 
सायद बिर्से दैवले हाम्रो मिलन भाग्यमा कोर्न 
तैपनि आँखा भरि तिम्रै सपना बोकी अब जिउनेछु ....

मिलन मात्र होइन माया मान्छु म पनि
टाढा रहिकन पनि हामी कति नजिक छौँ 
अलग अलग बाटो हिड्नु छ हामीलाई 
तर गन्तब्य एउटै मा पुग्नेछौँ  
यथार्थता छ गारो तर जिउनु छ अझै 
अब केवल आँखा भरि तिम्रै सपना बोकी जिउनेछु 
ती छोटा मिठा मिलनका पलहरु संगाली रमाउनेछु 

Comments

Popular posts from this blog

Marriage Aggrement