मुस्कान


मुस्कान त्यो क्षण भरको, मुस्कान बन्यो त्यो जिन्दगी मेरो 
रहर थियो जुन मेरो, बन्यो त्यो आशा जिन्दगीको

खुला आकाशमा उड्ने चाहना, तिम्रा हात समाई हिँड्ने पाइला 
तिमीसँग बाँडिएका ती हाँसो, अब बन्दैछ जिन्दगी मेरो 
मुस्कान त्यो क्षण भरको, मुस्कान बन्यो त्यो जिन्दगी मेरो

तिम्रा हातमा मेरा हात, दुई पलको हाम्रो यो साथ
चाहना मिठो सपनाको, अब बन्दैछ जिन्दगी मेरो 
 सँगै हिंडेका ती बाटो, अब यात्रा बन्दैछ यो निरन्तरताको
 मुस्कान त्यो क्षण भरको, मुस्कान बन्यो त्यो जिन्दगी मेरो

Comments

Popular posts from this blog

Standing at your doorstep

with different ones

the tipsy poem